राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरनिर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको बुधबार उद्घाटन गरेकी छिन् । २०७२ वैशाख १२ को भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो ।
राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनरनिर्माणको शिलन्यास गरेकी थिइन् । करिब २८ करोड रुपियाँको लागतमा निर्माण भएको ऐतिहासिक रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको पुरानै कला शैलीमा निर्माण गरिएको हो ।
उदघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, “आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधि प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति राष्ट्रपति भण्डारीले आभार व्यक्त गरिन्। “मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ” उनले भनिन् ।
राष्ट्रपति भण्डारीले भनिन् “पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु ।”
भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास पनि उनले व्यक्त गरिन् । ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणमा खटिएका र सहयोग पु¥याउने सबैमा उनले धन्यवाद व्यक्त गरिन्।
प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको छ । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने विश्वास उनले गरिन्
सो अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना पनि उनले बताइन् ।
“राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको छ” उनले भनिन् । सो अवसरमा वडादशैं, तिहार तथा छठ पर्वको शुभकामना पनि व्यक्त गरिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी परिसरमा निर्माण गरिएको ताम्रपत्रको अनावरण गरिन् । त्यस्तै, विभिन्न जलासय तथा तीर्थस्थलबाट ल्याइएको जल रानी पोखरीमा अर्पण गरेकी थिइन् । सो अवसरमा प्रधानमन्त्री, सरकारका मन्त्री लगायतले विभिन्न जलकुण्डबाट ल्याइएको जल रानी पोखरीमा अर्पण गरिन् ।
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीले बालगोपालेश्वर मन्दिरको परिक्रमा तथा पूजा गरे । सो मन्दिर भाइटिकाको दिन मात्र खुला हुन्छ । २०७२ भुकम्प पश्चात मन्दिर प्रवेश बन्द रहेको थियो । यस वर्षको भाइटिकाका दिन सर्वसाधारणका लागि सो मन्दिर खुला गरिने भएको छ ।
राष्ट्रिय प्राधिकरणकाका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर निर्माणले पुरानो इतिहास जोगिएको बताए । पुराना तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पूखाको योगदानलाई कायम गर्नु आजको दायित्व भएको उनले बताए । उनले करिब २८ करोड रुपियाँको लागतमा रानीपोखरी तथा बालगोपालेश्वरको मन्दिर निर्माण गरिएको बताए ।
पुर्खाले छाडेको सम्पदानमा बेजोड कला संस्कृति लुकेको हुने भन्दै कार्यकारी प्रमुख अधिकृत ज्ञवालीले मुर्त सम्पदाको संरक्षण गर्दा अमूर्त सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । पुनरनिर्माण कार्यमा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद ज्ञापन गरे।