नगरपालिकाको ६ नम्वर वडामा मनोरञ्जनात्मक कार्यक्रम रोकियो


सिन्धुलीः कमलामाई नगरपालिका वडा नं.६ को आज बसेको बैठकले वडाभित्र भिडभाडहुने कुनै पनि गतिविधी नगर्न नगराउन सबैमा अपील गरेको छ । वडाअध्यक्ष उज्वलकुमार थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न संध संस्था र युवा क्लवहरुका नाममा दशै तथा तिहार केन्द्रीत मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना नगर्न र कोरोना संक्रमण ओसार पसारको माध्यम नबन्न आग्रह पनि गरेको छ ।
कोरोना महामारीका कारण सबैभन्दा बढी ६ नम्वर वडा प्रभावित हुने जनाउँदै वडा अध्यक्ष थापाले कोरोना संक्रमण ओसार पसार हुने कुनै पनि गतिवधीलाई पूर्णत निषेध गरिएको हो, बैठकपछि थापाले प्रदेशखवरसँग भन्नुभयो । जनस्तरमा लापरबाहीपूर्ण कामहरु भइरहेकाले पनि आउँदै गरेको महान चाड दशैंर तिहार पनि प्रभावित हुने देखिएपछि त्यस प्रकारको निर्णय गर्नु परेको उहाँको भनाई थियो ।

Image may contain: 3 people, including Sita Thapa and Jagdish Bikram Karki, people smiling, people standing