गोलन्जोरका वडा अध्यक्षको कुटपीटबाट धुर्व कार्कीको अबस्था गंभीर, अन्नपूर्ण न्यूरो अस्पताल भर्ना


खुर्कोटः गोलन्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्की स्थानीय ३८ वर्षीय धुब्र कार्कीलाई निर्घात कुटपीटगरी मरणासन्न बनाएका छन् । हिजो राती घरमैं बसिरहेका कार्कीलाई वडाध्यक्ष दौलतले मरणासन्न हुनेगरी कुटपीट गरेपछि उनलाई उपचारका लागि काठमाडौ स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको श्रीमती गिता कार्कीले प्रदेशखबरलाई जानकारी दिइन् ।

कार्कीका अनुसार कुटपीटमा संलग्न वडा अध्यक्षलाई पक्राउगरी कानूनी कारबाहीको मागगर्दै जिल्ला प्रहरी कार्यालयमा आइतबार अध्यान्ह जाहेरी दर्ता गरेकीछन् । कुटपीटबाट घाइते भएका कार्कीको स्वास्थ्य अबस्था गंभीर रहेको नेकपा सिन्धुलीका स्कुलविभाग प्रमुख ज्वाला न्यौपानेले बताउनुभयो ।

नेकपामा आवद्ध कार्की स्थानीय हेमवहादुर ठकुरीको घरमा लगाइएको पुजामा सरिक भएका थिए । सोही क्रममा वडा अध्यक्षसँग विकास निर्माणको विषयलाई लिएर भनाभन भएपछि उनीमाथि आक्रमण भएको प्रत्यक्ष दर्शीले बताए । व्यवासयीसमेत रहेका कार्कीलाई वडा अध्यक्षले आक्राण गरेपछि उनी बेहोस भएर ढलेको बताइन्छ । यस विषयमा वडा अध्यक्षसँग बुझ्नका लागि पटक पटक सम्पर्क गर्दा कुरा हुन सकेन ।