२४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृत्यु हुनेमध्ये ८ जना काठमाडौँ उपत्यकाका रहेका छन्।

सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, काठमाडौँकी ६६ वर्षीया महिला तथा ६०, ७०, ७५, र ८३ वर्षीय पुरुष, ललितपुरका ४९ वर्षीय पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय पुरुष र नुवाकोटका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यस्तै चितवनकी ७५ वर्षीया महिला तथा ४७ र ९८ वर्षीय पुरुष र उमेर नखुलेका एक पुरुष, मकवानपुरकी ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष र  रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ।