नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने‍ ६ सय पुग्यो

नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्।

२४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो।

झापाका २९ र ५२ वर्षीय पुरुष, सुनसरी ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँका ७१ वर्षीय पुरुष र ८७ वर्षीया महिला, ललितपुरका ८४ वर्षीय पुरुष तथा रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुषकाे काेराेनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।