राष्ट्रिय योजना आयोगका सदस्य डा. कुमार फुयाललाई कोरोना भाइरस संक्रमण भएको छ ।

फुयालले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हिजोको PCR परीक्षणबाट म मा कोरोना पोजिटिभ देखिएकोले यस बीचमा मसंग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’











