राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेलाले अनिल तामाङको संयोजकत्वमा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा खिलेन्द्र पूर्वछाने रहेका छन् ।
सोही कार्यक्रममा नेपाली कांग्रेस परित्यागगरी १५० भन्दा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रतिनिधी सभा सदस्य तथा सिन्धुली इन्चार्ज विषमलाल अधिकारी, सांसद गणेश पहाडी, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, नेकपा जिल्ला अध्यक्ष राजन दाहाल, सचिव प्रदीप कटुवाल, प्रदेश सभा सदस्य विनोद खड्काले स्वागत गरेका थिए। सोही कार्यक्रममा कांग्रेसबाट निर्वाचित वडा सदस्य पूर्णराज गिरी केही समयअघि नेकपामा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै संविधानसभा सदस्य विषमलाल अधिकारीले युवा पुस्तालाई सैद्धान्तिक रुपमा संगठित गर्दै पार्टी काम र उत्पादनमा लगाउनु पर्नेमा दिए । उनले युवाहरु पार्टीको गहना भएको र त्यो गहना विधी र पद्धति अनुसार चल्नु पर्ने र जनताको सेवक बनेर युवाहरुले अप्ठेरो परिस्थितिमा पार्टी र सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । प्रमुख अतिथी बनाए मात्रै कार्यक्रममा सहभागिता जनाउने बताएका सांसद गणेश पहाडीले ग्रामीण अर्थतन्त्रको विकासका लागि सडक, स्वास्थ्य, शिक्षा र कृषिको व्यवसायिकरणनै प्रमुख विषय भएकाले सिन्धुलीलाई सडक सञ्जालमार्फत् सदरमुकाम र प्रमुख शहरसँग जोडिएसँगै आर्थिक विकासको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरेका थिए । यस्तै, नेकपा जिल्ला अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवालले चकमकेदेखि सिन्धुलीमाढीसम्मको सडकलाई यसै आर्थिक वर्षमा कालोपत्रे गरिने विश्वास दिलाएका थिए ।