डोनाल्ड ट्रम्पका चिकित्सकले भने, ‘राष्ट्रपतिले आफ्नो प्राथमिक कामहरूलाई क्वारन्टीनबाटै निरन्तरता दिने’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्। यस अघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए। उनकी ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्। मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लँदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो। बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन्।

डोनाल्ड ट्रम्पका चिकित्सकले भने, 'राष्ट्रपतिले आफ्नो प्राथमिक कामहरूलाई क्वारन्टीनबाटै निरन्तरता दिने'

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण भएपछि उनका चिकित्सकले भने, ‘राष्ट्रपति ठिक छन्, उनी प्रथम महिलासँग क्वारन्टीनमा बसेका छन्। क्वारन्टीनबाटै राष्ट्रपतिले कुनै वाधा व्यवधान बिना आफ्नो कर्तव्यहरूलाई  निरन्तरता दिनेछन्।’  डाक्टर सिन कोन्लीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पूर्णरुपमा ठिक हुने बेला सम्म क्वारन्टीनबाटै कुनै व्यवधान बिना आफ्नो कर्तव्यहरू निरन्तरता दिने बताएका हुन्।