कोरना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ।
सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो।
अस्पतालको आइसोलेसन ईन्चार्ज सुनिल देवका अनुसार दुवै जना दिउँसो करिब साढे १२ बजे एम्बुलेन्सभित्रै मृत्यु भएको अवस्थामा रहेका थिए। उनका अनुसार खनारका ९२ वर्षीय बृद्ध र सुकीपुरका ५५ वर्षीय पुरुषलाई उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो।
खनारका बृद्धमा तीनदिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । आफै होम आइसोलेसनमा बस्दै आएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार परिवारले अस्पताल ल्याएका थिए।
त्यसैगरी, सिरहा सुकीपुरका पुरुषको सोमबारदेखि नै नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए। बिहीबार उनको पनि कोरोना पोजिटिभ रिपोर्ट आएपछि नोबेलले विराट शिक्षण अस्पतालका लागि रिफर गरेको थियो।
अस्पताल आइसोलेसनका इन्चार्ज देवका अनुसार खनारका बृद्धमा उच्च रक्तचाप, दम, मधुमेहको समस्या रहेको थियो। त्यसैगरी अर्का पुरुषमा भने श्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो।
उनीहरुलाई एम्बुलेन्समा राखेर ल्याउने क्रममा मृत्यु भएको देवको भनाइ छ । यसक्रममा अस्पतालको आइसोलेसनमा समेत दुवैलाई भर्ना गर्न नसकिएको उनले बताए।