कमलामाई नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौ(प्रस)काठमाडौं स्थित भारतीय दुतावासले सिन्धुलीको कमलामाई नगरपालिकालाई १ थान एम्बुलेन्स उपलव्ध गराएको छ । कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीको विषेश पहलमा उक्त एम्बुलेन्स प्राप्त भएको थाहा लागेको छ । लैनचौर स्थित दुतावासका एक अधिकृत सो एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । दुतावासले उपलव्ध गराएको एम्बुलेन्स कसरी र कुन क्षेत्रमा राखेर सञ्चालननमा ल्याउने भन्ने विषयमा छलफलपछि टुंगो लगाइने नगरप्रमुख खत्रीले प्रदेशखबरलाई जानकारी दिए ।

Image may contain: one or more people, people standing and outdoor
No photo description available.