नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ३, भोजपुरका १, मोरङका १५२, सुनसरीका ३, धनुषाका १, पर्साका १७, बाराका २०, महोत्तरीका ३, रौतहटका १६, सप्तरीका ८, सर्लाहीका १, सिरहाका १, काठमाडौँका ६३३, चितवनका ८३, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ७२, मकवानपुरका १, रसुवाका १, रामेछापका १, ललितपुरका १०४, सिन्धुपाल्चोकका ३, कास्कीका २८, गोरखाका १ र तनहुँका ४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नवलपरासीपूर्वका ८, लमजुङका २०, बागलुङका ३२, स्याङ्जाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ३०, नवलपरासीका १, प्यूठानका २, बर्दियाका ३३, बाँकेका ३३, रुपन्देहीका ४७, रोल्पाका ५, दैलेखका ४, सल्यानका १२, सुर्खेतका ७६, अछामका २, कञ्चनपुरका १३, कैलालीका ५६, डोटीका १, बझाङका २४ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १० जनाको मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र एक महिला छन्।
बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाडौँका ५० वर्षीया महिला तथा ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय २५ जनाको आईसीयुमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।