फिनसेन फाइल्स: ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ।

ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो।

एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको “सस्पिसियस एक्टीभीटी रिपोर्टस” अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ।

सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ।

एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ।

Five international banks which appeared most often in the documents were HSBC, JPMorgan, Deutsche Bank, Standard Chartered and Bank of New York Mellon, the ICIJ reported

अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा ब्याङ्कलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ।

ब्याङ्कले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो।

घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न ब्याङ्कले समयमै पहल गर्नुपर्ने थियो भनेका छन्।

फिनसेन फाइल्स के हुन?

फिन्सेन फाइल्स २,६५७ दस्तावेजबारे खुलासा हो जसमा २,१०० शङ्कास्पद गतिविधि वा ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ उल्लेख छ।

‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ आफैमा गलत कार्यको प्रमाण भने होइन।

ब्याङ्कहरूले आफ्ना ग्राहकबारे शङ्का गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन्।

डलर

कानुन अनुसार उनीहरूले आफ्ना ग्राहक को हुन भन्ने विषयमा जानकार हुनुपर्छ।

ब्याङ्कहरूले ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ पेस गरे भन्दैमा ग्राहकहरूबाट कालो धन लिन भने पाउँदैनन्।

उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ।

उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही ब्याङ्कहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ।

ती दस्ताबेज बजफीड् वेबसाइटलाई दिइएको थियो।

त्यस्तै खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)सँग पनि ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ बाँढिएको थियो। बेलायतको प्रसिद्ध अनलाइन पत्रिका डेली मेलले समाचार लेखेको छ ।

KGB spy hired to guard US embassy in Moscow