अहिलेसम्म कोभिड-१९ नभेटिएका देश

प्रशान्त क्षेत्रको टूभालू द्वीप र पूर्वसोभियत तुर्क्मेनिस्तानमा समानता के छ ? यी दुवैमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन्।

जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ।

बुधवारसम्म विश्वभरि १४ लाखभन्दा बढी मानिस कोभिड-१९ बाट पीडित भएका र झन्डै ७५,००० जनाको मृत्यु भएको बडताइन्छ। तीन लाख जना निको भएका छन्।

तर विश्वभरि ४० वटा ठाउँमा एउटा पनि सङ्क्रमण भएको पुष्टि भएको छैन।

त्यसको कारण के हुनसक्छ?

टूभालूजस्ता द्वीपमा जनसङ्ख्या कम छ र धेरै मानिसको आउजाउ छैन।

केही अरू स्थान भने पर्यटकीय क्षेत्र हुन्। तर विश्वभरि यात्रामा प्रतिबन्ध लागेको हुनाले बाहिरबाट त्यहाँ नयाँ मानिस पुगेका छैनन्।

कोभिड-१९ नभेटिएका स्थान

अङ्ग्रेजी वर्णानुक्रमअनुसार
ओलन्ड द्वीप
अमेरिकन समोआ
एन्टार्क्टिका
बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा
बूभे द्वीप
ब्रिटिश हिन्द महासागर क्षेत्र
क्रिस्मस द्वीप
कोकोस (कीलिङ) द्वीप
कमरोज
कूक द्वीप
फ्रेन्च सदर्न टेरिटरीज
हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप
किरबाटी
लसूटू
मार्शल द्वीप
माइक्रोनेशिया
नाउरु
नीयूए
नोर्फक द्वीप
उत्तर कोरिया
पलाउ
पिट्केअर्न द्वीप
सेन्ट हलिना
सेन्ट पिएर तथा मिकेलन द्वीप
समोआ
सोलोमन द्वीप
साउथ जोर्जा तथा साउथ स्यान्ड्विच
स्प्र्याट्ली द्वीप
स्वाल्बार तथा जेन मेअन द्वीप
ताजिकिस्तान
टोकलाउ
टोङ्गा
तुर्क्मेनिस्तान
टूभालू
यूएस माइनर आउट्लाइङ आईलन्ड्स
भानुआटु
वालिस एन्ड फुटुना आईलन्ड्स
येमन

*एप्रिल २, २०२० सम्मको विवरणस्रोत: Johns Hopkins University