विराटनगर: शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण विराटनगरको कोसी अस्पतालबाट सुरू गरिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालबाट परीक्षण सुरू भएको जानकारी दिएका हुन्।
उनले विराटनगरमा पिसिआर विधिबाट परीक्षण हुने बताए। योसँगै काठमाडौंबाहिर ११ ठाउँमा कोरोनाको परीक्षण हुने भएको छ।
प्रदेश-१ कै धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना परीक्षण गरिन्छ।
शुक्रबार सम्म ३ हजार ५ सय व्यक्तिको कोरोना परीक्षण भएको छ। प्रवक्ता देवकोटाले गएको २४ घन्टामा ६ सय बढीको परीक्षण भएको बताए। जसमा काठमाडौं उपत्यकामा ४ सय वटा र बाहिर २ सय बढी परीक्षण भएको हो।