भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालसँगको ऐतिहासिक र साँस्कृतिक सम्बन्धको आधारमा दुई देशबीचको सम्बन्ध थप बलियाे हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जन्मदिनकाे शुभकामनाकाे जवाफमा ट्वीट गर्दै माेदीले बस्तो बताएका हुन्। माेदीले बिहीबार आफ्नो ७० औँ जन्मदिन मनाएका छन्।
मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीट गर्दै शुभकामना दिएका थिए।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध चिसिएको छ। उक्त विवाद सुल्झाउन भारत इच्छुक देखिएको छैन।
Narendra Modi@narendramodiThank you, Excellency @kpsharmaoli ji! We look forward to the further strengthening of India-Nepal ties, based on our shared culture and history.

K P Sharma Oli@kpsharmaoliWarm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness. We will continue working closely together to further strengthen relations between our two countries.











