रूसी क्रान्तिका बेला लेनिनले ल्याएको संयुक्त जनमोर्चाको अवधारणालाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्व दिएबाट भारतीय विज्ञ चिन्तित देखिएका छन ।
दक्षिण एसियाली देशहरूमा चीनको संयुक्त मोर्चा कार्य विभागमा निकटतम सम्बन्ध बनाएकाहरूलाई राजदूतको रूपमा नियुक्त गर्नुको पछाडि दक्षिण एसियामा भारतीय प्रभाव कम गर्नु र सी चिनफिङ अभिप्रेरित बेल्ट एन्ड रोड इन्सिएटिभ ‘बीआरआई’को प्रभाव बढाउने कामको जिम्मेवारी दिने गरिएको भारतीय बुझाइ छ ।
हिन्दुस्तान टाइम्समा ‘चाइना सेन्डस हार्डकोर एम्बेस्डर्स टु साउथ एसिया टु पुस बीआरआई एन्ड अन्डरमाइन इन्डिया’ शीर्षकमा यस्तो जानकारी सार्वजनिक गरिएको छ ।
संयुक्त मोर्चा कार्य विभागसँग निकट सम्बन्ध भएका एक चिनियाँ राजनीतिज्ञ नोङ रोङले पास्कितानको राजदूतको जिम्मेवारी एक साता अघि सम्हाले ।
उनले कुटनीतिक पेशाबाट प्रतिनिधित्व गर्ने पाकिस्तानका लागि चिनियाँ राजनीतिज्ञ याओ जिङको ठाउँमा पदभार सम्हालेका हुन ।
भारतीयहरूको बुझाइमा दक्षिण एसियाली देशमा संयुक्त मोर्चा कार्य विभागमा प्रशिक्षितहरूलाई पठाउने गरिएको छ ।संयुक्त मोर्चा कार्य विभागसँग सम्बद्ध भएकाहरू मध्येबाटै बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङ हुन । श्रीलंकाका लागि पूर्व राजदूत चेङ सुयुयान पनि यो विभागकै रहेका थिए ।
संयुक्त मोर्चा कार्य विभागमा राष्ट्रपति सी चिनिफिङले आफै लामो समय काम गरेका व्यक्ति हुन । उनले यसको महत्व राम्ररी बुझेका छन । राजनीतिक आर्थिक र बौद्धिक प्रभावलाई अन्य देशहरूमा मनोवैज्ञानिकरूपमा सञ्चालन गर्ने जिम्मोवरी यो विभागको हुन्छ । साथै जुन देशमा यस्तो लक्ष्य लिइएर कुटनीतिज्ञ पठाइन्छ उनीहरूका प्रणालीमा यस्तो प्रभावलाई प्रवेश गराइन्छ ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की एसिया मामिलाका विज्ञ हुन । साथै जनमुक्ति सेनाको गुप्तचर पृष्ठभूमि बोकेकी हाउ सन् २०१२–२०१३सम्म आन्तरिक सुरक्षा मामिला विभागका निर्देशक भइ काम गरेकी छिन ।
भारतीयहरूका अनुसार राजदूत हाउ उर्दु फरर बोल्ने सक्ने क्षमताकी हुन । हाउलाई नेपालमा कम्युनिस्ट आन्दोलनलाई जारी राख्न र प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीचको एकता भङ्ग हुन नदिने जिम्मेवारी दिइएको छ । दक्षिण एसियाली देशमा क्रियाशील राजदूतहरूलाई बीआरआई अगाडि बढाउन र भारतीय सभ्यताको प्रभाव कम पार्न जिम्मेवारी दिएर पठाइएको भारतीयहरूको बुझाइ रहेको छ ।
संयुक्त मोर्चा कार्य विभाग आफैमा अद्वितीय संगठनको रूपमा निर्माण गरिएको छ । यसले गैर कम्युनिस्टहरूबीच चिनियाँ कम्युनिस्ट पार्टीका लागि समर्थन सिर्जना गर्ने गरी गठन भएको हो । यसमा आन्तरिक र अनतर्राष्ट्रिय विभागको निर्माण गरिएको हुन्छ । आन्तरिकरूपमा यो मोर्चाले ८ करोड साठी लाख पार्टी सदस्य नरहेकाहरूलाई पार्टी प्रति सदभाव राख्ने भूमिका निर्वाह गर्छ ।
सीमासँग जोडिएका प्रान्तका अल्पसंख्यक आदिवासी ,धार्मिक समूहका व्यक्तिहरू यो मोर्चाको मुख्य जिम्मेवारी रहेको छ ।
संयुक्त मोर्चा कार्य विभागको गठन माओद्वारा स्थापित तथा प्रवद्र्धन गरिएको संस्था हो । यो सोभियत संघमा रूसी क्रान्तिका बेला लेनिनले ल्याएको अवधारणा हो । सन् २०१४मा सी चिनफिङले नयाँ ढङ्गले पुनर्जिवित गरे ।
संयुक्त मोर्चाले बाह्यरूपमा धेरै महत्वपूर्ण भूमिका खेलेको छ । गैर कम्युनिस्ट देशमा यो मोर्चाको भूमिका महत्व रहयो । सन् १९८०को दशकमा यो मोर्चाले विदेशी लगानी र आर्थिक अनुदान समुद्रापारीका देशहरूबाट व्यवसाय र उद्यमको माध्यमबाट भित्र्याउन काम ग¥यो ।
चीनको रणनीति विशेषरूपले सफल रहो । विशेष आर्थिक जोनहरूको निर्माण भए । सामुद्रिक किनाराका क्षेत्रहरू गुआङदोङ, फुजियान र झेजियाङ जस्ता प्रान्तहरूमा विशेष आर्थिक क्षेत्रहरूको निर्माण गरिए ।विदेशीहरूमाझ प्रभाव छोडियो ।
सीको कार्यकालमा संयुक्त मोर्चा कार्य विभाग समुद्रपारीका देशमा व्यापाक सक्रिय गरिए । श्रीलंका , बंगलादेश, म्यानमार साउदी अरब र युएइ लगायतका खाडी मुलुकहरूमा र केन्द्रीय तथा पूर्वी युरोपमा बीआरआइप्रति समर्थन सिर्जना गर्न यो मोर्चा सक्रिय रहयो ।
।











