पछिल्लो २४ घण्टामा १४ सय ५४ कोरोना संक्रमित थपिए , ९७२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ। क्वारेन्टिनमा  ६ हजार ७८ जना छन्।