जनकपुरधाम: कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रदेश २ मा खडा गरिएका मापपदण्ड विपरितको क्वारेन्टाइनमा सुविधा न्युन रहेकोछ ।क्वारेन्टाइनमा रहेकाहरुले बढी सास्ती भएको दुखेसो पोख्न थालेका छन् ।
प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले सञ्चालन गरेको क्वारेन्टाइनमा पनि आवश्यक सुविधा छैन् ।पालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाइन नेपाल सकारको मापदण्ड पुरा गरेको छैन् ।
समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हाल सम्म १ सय ४४ स्थानमा क्वारेन्टाइन खडा गरिएकोछ ।त्यसमा ३ हजार १ सय ७४वटा बेड राखिएको छ ।कुल बेडको एक तिहाई भन्दापनि कम मानिस क्वारेन्टाइनमा छन् ।
क्वारेन्टाइनमा भारतबाट नेपाल आएका , विदेशबाट आएका र उनीहरुका परिवारका सदस्यहरु, ज्वरो, सुख्खा खोकी लागेका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।तर त्यो भन्दा बढी मानिसहरु होम क्वारेन्टाइनमा नै छन् ।
क्वारेन्टाइन बनाइएपनि त्यहाँ कार्यरत्त स्वास्थ्यकर्मीहरुसित परीक्षण गर्ने आवश्यक साधन छैन् ।कोरोना भाइरस संक्रमित रहेको लक्षण आउन तीन हप्ता सम्म लाग्न थालेकोछ ।त्यस्तो अवस्थामा क्वारेन्टाइनमा सुरक्षा उपकरण बिना स्वास्थ्यकर्मीहरुले परीक्षण गर्न सक्दैन् ।
क्वारेन्टाइनमा रहेकाहरुले दुई छाक पेटभरी भोजन, चिया, खाजा नपाएको दुखेसो पोख्न थालेका छन् ।दिनभरि एउटै कोठामा ८÷१० जना सम्म सुत्नु पर्ने बाध्यता रहेकाले त्यसमा कोही कोरोना भाइरस संक्रमित भए सबैमा संक्रमण सर्ने जोखिम रहेको छ ।
सरकारले क्वारेन्टाइनमा टीभी, आइफाइ, चियाको अनिवार्य व्यवस्था गर्ने निर्देशिका जारी गरेकोछ ।तर त्यो निर्देशिकाको पालना भइरहेको छैन् ।क्वारेन्टाइन खडा गरिएको छ ।प्रदेश सरकारले प्रचारपनि व्यापक गरेको छ ।तर क्वारेन्टाइनमा रहेकाहरुले सास्ती भोग्नु परेको दुखेसोप्रति कसैले चासो लिइरहेको छैन् ।
संघीय सरकारले जारी गरेको निर्देशिका बमोजिम क्वारेन्टाइन सञ्चालन नभएको प्रदेश २को कोरोना द्रुत समाधान समितिका संयोजक समेत रहेका प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले स्वीकारे ।‘सरकारले तोके बमोजिमको मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालनमा छैन्’ उने भने, क्वारेन्टाइनमा केहि कमिकमजोरी रहेपनि त्यसको बिकल्पनि अहिले छैन् ।उनले कमजोरीहरु सुधार्ने तर्फ कार्य भइरहेको बताए ।
पालिकाहरुमा सञ्चालित क्वारेन्टाइनमा उपलब्ध साधनस्रोतको प्रयोगगरि कोरोना भाइरस संक्रमणको लक्षण पहिल्याउने काम गरिरहेको झाले बताए ।क्वारेन्टाइनमा रहेकाहरुमा लक्षण देखिने बितिकै आइसोलेशनमा पठाउन निर्देशन दिइएको उनले जनाए ।
प्रदेश २ मा आइसोलेशनको कुल २ सय ८ बेड छ ।त्यस मध्ये दुई दर्जन भन्दा बढीमा रोगी भर्ना भएको छैन् ।
सरकारले क्वारेन्टाइनमा रहेका हरेक व्यक्तिको स्वाब(सेम्पल)परीक्षण गर्न निर्देशन दिएको छ ।प्रदेश २ को क्षमता अनुसार एक महिनामा अधिकतम् ३ सय जनाको परीक्षण हुने क्षमता छ ।तर एक हजारको हाराहारीमा क्वारेन्टाइनमा मानिसहरु रहने गरेका छन् ।
केहि पालिकाले चौकीमा एउटा जाजिम ओछ्यार बेड बनाएका छन् । केहि पालिकाले त विद्यालयका बेञ्चलाई नै जोडेर जाजिम ओछ्याएर बेड बनाएका छन् ।क्वारेन्टाइनमा राखिएकाहरुको गुनासोलाई सम्बोधन गर्न आवश्यक भएको झाले बताए ।
प्रदेशमा विदेशबाट आएकाहरुको संख्या अझै यकिन हुन सकेको छैन् ।हाल सम्म पोजेटिव नदेखिएपनि विदेशबाट आएकाहरुको पहिचान र संख्या यकिन नभए सम्म जोखिम मुक्त हुन सक्ने अवस्था नरहेको डा.जामुन सिंहले बताए ।