क्वारेन्टाइनमा संख्या घट्यो, परीक्षणमा भने ढिलाइ

जनकपुरधाम: प्रदेश २ मा क्वारेन्टाइनमा संख्या घटेको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएकोछ ।बुधवार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा क्वारेन्टाइनमा २७ जना र होम क्वारेन्टाइनमा २९ जना घटेका छन् ।

क्वारेन्टाइनमा रहेका सबैका स्वाब(सेम्पल)अनिवार्य परीक्षण गर्न संघीय सरकारले निर्देशन दिएको छ । प्रदेश २ मा हाल सम्म १ सय ४० जनाको स्वाब परीक्षणका लागि लिएकोमा १ सय १३ जनाको नतिजा निगेटिव आएकोछ ।२७ जनाको रिर्पोट आउन बाँकी छ ।

प्रदेश प्रहरीको तथ्यांक अनुसारपनि क्वारेन्टाइनमा संख्या घटेकोछ ।क्वारेन्टाइनमा मंगलवार ९ सय ३० रहेकोमा बुधवार ८ सय ८३ रहेको छ ।क्वारेन्टाइनबाट एक दिनमा ४७ जना मानिस घर फर्केका छन् ।उनीहरु सबैको स्वाब परीक्षण भए नभएको यकिन भइसकेको छैन् ।

त्यसैगरि होम क्वारेन्टाइनमा पनि संख्या घटेको छ ।पछिल्लो तथ्यांक अनुसार ४ सय ७७ बाट ४ सय ३३ मा झरेकोछ ।मन्त्रालयका अनुसार १ जना रोगी आइसोलेशनमा कम भएको छ ।तर प्रहरीको तथ्यांक अनुसार आइसोलेशनमा १ जना बढेको छ ।मन्त्रालयको तथ्यांक अनुसार मंगलवार २२ जना आइसोलशनमा थिए भने प्रहरीको तथ्यांक अनुसार १४ थिए ।

क्वारेन्टाइनमा खटेका एकजना स्वास्थ्यकर्मीले जनाए अनुसार उपलब्ध साधनस्रोतको अधारमा नियमित निगरानीमा राखिएपछि १४ दिन सम्म लक्षण नदेखिए सम्बन्धित निकायलाई जानकारी दिने गरिएकोछ ।प्रदेशमा अधिकांश क्वारेन्टाइनमा थर्मल गनको समेत अभाव छ ।पालिकाहरुले क्वारेन्टाइन बनाउने क्रम जारी रहेको छ ।तर तोकिएको मापदण्ड पुरा अझै भइरहेको छैन् ।

प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्ने क्षमता दैनिक १० वटा मात्र रहेकोछ ।पश्चिममा दुईवटा ठूला मेसिन थपिएकोछ ।

प्रहरीका अनुसार लकडाउनको अवज्ञा गर्ने अभियोगमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेकोछ ।१ सय २७ मोटरसाईकल, ८ ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको प्रदेश २ का प्रहरी प्रवक्ता एसपी जयराज सापकोटाले जनाए ।