नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाध्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका २, खोटाङका १, झापाका ११, पाँचथरका ४, भोजपुरका ३, मोरङका १६, संखुवासभाका २२, सुनसरीका २३, धनुषाका २७, पर्साका ११, बाराका १७, रौतहटका २, सप्तरीका ३५, सर्लाहीका ४२, सिरहाका १, काठमाडौँका ४९५, काभ्रेका ३६, चितवनका १८, दोलखाका ३, धादिङका ३, नुवाकोटका १ र भक्तपुरका ३४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका ३५, रामेछापका २, ललितपुरका ४३, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका २१, गोर्खाका १, तनहुँका ५, नवलपरासीपूर्वका ८, पर्वतका २, लमजुङका १, बागलुङका ९, स्याङ्जाका १२, कपिलवस्तुका ४४, गुल्मीका ७, दाङका ४, नवलपरासीका ३७, पाल्पाका २९, बर्दियाका १०, बाँकेका ७०, रुपन्देहीका ५१, रोल्पाका १, रुकुमपश्चिमका ६, सल्यानका ६, सुर्खेतका ५, कैलालीका २१, डोटीका १, बाजुराका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएकाे छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन्।

काठमाडौँका ५९ र ८३ वर्षीय पुरुष तथा  ५५ वर्षीया महिला, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ८ सय ६ जना क्वारेन्टिनमा छन्।

देशभर संक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकाे छ। मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ३ सय ४६, प्रदेश २ मा २ हजार ५ सय ७०, वागमती प्रदेशमा ६ हजार ९ सय ९७, गण्डकी प्रदेशमा ८ सय ५३, प्रदेश ५ मा १ हजार ६ सय ४८, कर्णाली प्रदेशमा ३ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ६ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।