नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले आज सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
आज नगर अध्यक्ष लक्ष्मण कार्कीले पार्टीका जिल्ला अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवालको रोहवरमा ५५ हजार ५ सय ५५ रुपैयाँको चेक निर्माण समितिका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । बाग्मती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन ५० वेडको आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।