‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली जनतामाथि नपड्काउनुहोस्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लगाउने र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोना संक्रमितको अद्यावधिक गणना बाचन गर्ने मात्रै भइरहेकोले जनतासँग संवाद गर्न आग्रह गरेका छन्।

‘के हामीले सरकारलाई देख्ने र सुन्ने निषेधाज्ञा घोषणा गर्ने प्रजिअ र कोरोना संक्रमणको अद्यावधिक बाचन गर्ने प्रवक्ता मार्फत् मात्र हो ?,’ थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली बर्साउने हैन, तपाईंहरू अगाडि आएर जनतासँग संवाद गर्नुस्।’

सांसद थापाले प्रजिअहरूलाई दिइएको भूमिकाबारे पनि प्रश्न उठाएका छन्।