बझाङ : लकडाउन उल्लंघन गर्दै छविसपाथिभेरा गाउँपालिकामा बान्नीकी चैतली मेला सञ्चालन गरेको आरोपमा पक्राउ परेका नौँ जना छुटेका छन्। चार वडा अध्यक्षसहित नौँ जनालाई जरिवाना गरी छोडिएको हो।
संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को उपदफा ३ अनुसार ९ जनालाई नै कारवाही गरी छोडिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।
छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशबराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापालाई प्रतिव्यक्ति नौँ हजार एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।
यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालकाका प्रवत्ता लोकेन्द्र बहादुर ठगुन्ना र मन्दिर संरक्षण समितीका सचिबलाई मेला संचालनमा संग्लनता कम देखिएको भन्दै दुई हजार दुई सय जरिवाना गरीएको छ।
यस्तै उनीहरुसँगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृप प्रसाद जोशी र उनका दुईजना सहयोगी डम्बर बहादुर धामी र पुजारी जयकृष्ण जोशी तथा स्थानीय रजबार ईन्द्र बहादुर सिहँको मेला संचालनमा खासै भूमिका नदेखिएका कारण एक सय जरिवाना गरी छोडिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।