आज मेरो घर भत्किएको छ, भोलि उद्धव ठाकरेको घमण्ड भत्किनेछ: कंगना

कंगना रनौटले आफ्नो कार्यालयमा जोडर चलाइएको विषयलाई लिएर ट्वीटरमा भिडियोमार्फत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चेतावनी दिएकी छन्।

हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै कंगनाले भिडियो सन्देशमा भनेकी छन्, ‘आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड भत्किनेछ।’उनले भिडियो सन्देशमा भनेकी छन्, ‘उद्धव ठाकरे, चलचित्र माफियासँग मिलेर मेरो घर भत्काएर मसँग ठूलै बदला लिए जस्तो लाग्छ होला। आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड टुट्ने छ। याद रहोस् यो समयचक्र हो, सधैँ एकनास हुँदैन। मलाई लाग्छ तिमीले यो गरेर मलाई ठूलो गुन लगायौँ। काश्मिरी पण्डितहरुलाई त्यो बेला के भएको थियो होला, त्यो म महशुस गर्न सक्छु। आज म यो देशलाई वचन दिन्छु कि अयोध्यामा आधारित मात्र हैन कश्मिरमा आधारित पनि चलचित्र बनाउँछु। र आफ्नो देशवासीलाई जगाउँछु कि यो हामी माथि किन हुन्छ। ममाथि यस्तो भयो यसको केही कारण छ, मतलब छ। उद्धव ठाकरे राम्रो भयो, यो क्रुरता ममाथि भयो किनभने यसको केही अर्थ छ। जय हिन्द, जय महाराष्ट्र।’

https://twitter.com/i/status/1303636961131782147https://twitter.com/hashtag/DeathOfDemocracy?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1303636961131782147%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F09%2F09%2F409786%2F&src=hashtag_click