नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका ३, खोटाङका २, झापाका ६, ताप्लेजुङका १, धनकुटाका ९, भोजपुरका ५, मोरङका ७७, सुनसरीका ५६, धनुषाका ३, पर्साका ६, बाराका १७, महोत्तरीका २, रौतहटका ७०, सप्तरीका २६, सर्लाहीका ६, सिरहाका ८१, काठमाडौँका ३९४, काभ्रेका ८, चितवनका २१, दोलखाका ३, धादिङका २, नुवाकोटका ४, भक्तपुरका ३६, मकवानपुरका ४२, रामेछापका ३ र ललितपुरका ३४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै सिन्धुपाल्चोकका ३, सिन्धुलीका १, कास्कीका १०, गोर्खाका १, तनहुँका ४, नवलपरासीपूर्वका १, पर्वतका १, लमजुङका ३, बागलुङका २, स्याङजाका १, कपिलवस्तुका ११, गुल्मीका २, दाङका १, नवलपरासीका १२, पाल्पाका २, बर्दियाका १३, बाँकेका २२, रुपन्देहीका ४२, जाजरकोटका १, दैलेखका २, सुर्खेतका २२,अछामका १, दार्चुलाका ३, बझाङका २ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ मा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
मृत्यु हुनेमा काठमाडौँमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कस्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन्।











