सुशान्त सिंहका घरेलु सहायक गिरफ्तार

अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि पक्राउ परेका छन्।

नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई गिरफ्तार गरेको हो।

यसअघि टोलीले सुशान्तका पूर्व म्यानेजर र प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीका भाइलाई गिरफ्तार गरेको थियो।

एनसीबी डेपुटी डाइरेक्टर केपीएस मल्होत्राले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई ड्रग्स किन्ने र त्यसको लेनदेनको मामलामा गिरफ्तार गरिएको जानकारी दिएका छन्।

उनलाई डिजिटल प्रमाण र बयानका आधारमा गिरफ्तार गरिएको उनले बताए। पक्राउ परेकाहरुसँग सोधपुछको काम भइरहेको छ ।