आज कलम चलाउन पटक्कै मुड थिएन । अनि शव्द पनि थिएन ।, सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिय । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान भएका दिल दिमाग अनि निचोरेर फ्यालिएका कागति जस्तै बनेका मनहरुमा अलिकति चिनि मिसाएर भएपनि सम्झने प्रयत्न गरे । अनि आफैले समिक्षा पनि गरे, तिमी इमान्दार थियौ र त मृत्युको वलिभेदिमा आफ्नो जीवन अर्पण गर्ने निर्णय गर्यौ र त आज महान भनौ कि अनर्थ भनौ ?

यो शब्दमा अल्झिएको पनि १७ बर्ष पो लागे छ । जो गद्दार थिए जो क्रान्तिका कायर थिए र त अहिले गज्जवका नेता वनेर विना पिडाका साथ आत्मा देखि दिल खोलेर हाँसेर मंचमा बस्ने हैसित राखे । अनि अब्बल दर्जा नेता आफुलाइ ठानि रहे । सायद तिमी , सायद तिमी अहिले जिवित थियौ भने , सबैले चाहेको जस्तो त नभनौ सायद सिन्धुलीका जनताले चाहेको जस्तो निडर नेतृत्व हुने नै थियौ । अहिले जस्तो विकृत संगठन अनि भ्रष्टाचारिसोच र आलिसान महलका पारखिहरुको निम्ति पहाड बनेर उभिने हिम्मत राख्ने एउटा असल र स्वच्छ छविको नेतृत्वको रुपमा आफुलाइ साबित गर्ने नै थियौ र त आज तिमी मारियौ ।
आज म नजिक बाट तिमिलाई पढिरहेकि छु , किनकि हिजो यो समाजको उपमा भनौ कि सामान्तहरुको दमन गर्ने शैलिका कारण भनौ , जो यो समाजले दलित भनेर हेला होचो गर्ने समुदायको श्रम, सीप , यौवन चल्ने तर पानी नचल्ने जो प्रथा थियो , त्यसको विरुद्ध धावा बोल्ने मुक्ति युद्धको एउटा असल , पारखि योद्धा तिमी , हिजो नेतृत्व लाई चौतर्फी घेरा हाल्दा आफ्नो छाति ढाल बनाएर गोलिखान तयार तिमी , आज थाहा छ बाबा , तिम्रो नेतृत्वलाई संकट पर्दा नेतृत्वको चौतर्फी आक्रमण भइ रहँदा सायद नेतृत्वको पक्षमा गोलि खान मन त कता हो कता नेतृत्वको ने पनि पो उच्चारण गर्न मन नलाग्ने गरि फुटेको हाँडि झै मन कोतरिएको छ, मन चिथोरिएको छ ।
अनि बाबा नेतृत्वले शहिदको सपना उच्चारण गरिरहदा कता कता आफु कमजोर भएर मागिखाने भाँडो बनाई रहेको आभाष हुन्छ ।
अनि बाबा , गणतन्त्र त अजिवको हात्ती झै भएको छ । किनकि नेतृत्वले आफु अनुकुलको व्याख्या गरिरहँदा सायद तिमी जस्तै हज्जारौं हजारको रगत मरुभुमिमा धुलिसाफ भइरहेको छ । अनि तिम्रो हिजोका साना साना नानिहरुजस्तै हज्जारौं नानिहरुको भविष्यमा खेलबाड गर्दै अहिले आन्दोलननै धरासाइ बनेको छ । हिजो तिमिले भनेजस्तै बाहिर खसीको टाउको झुण्ड्याएर भित्र बाट कुकुरको मासु विक्रिगर्ने थलो पो भइरहेको छ । त्यति मात्र कहाँ हो र तिम्रा नेता कसैको तिथिमा गोहिको आँसु चुहाउदै महान सहिदको उपमा दिदै माल्यार्पण गर्न यो कोरोना कहरमा पनि पुगेको देखे । अनि त्यहि महिना त्यहि कोरोना कहरमा तिम्रो भित्तामा झुन्डिएको फोटोमा फुलको माला त कता हो कता फुलको एक थुङ्गा पनि चढाउन जान नसक्ने नेताको पछि लागेर आफ्नो अमुल्य जीवन दान गर्यौ । त्यसैले मलाई लागि रहेको छ आखिर सहिदको रगतको मूल्य पनि फरक बनाइदो रहेछ । कारण तिम्रो घरपरिवार उनको गुलाम हुन नसक्नुनै आजको समयको मुख्य कारण बनेको छ ।
तिमी भौतिक रुपले सकियौ ,विचारले गद्दार हुन परेन । वाँच्नेहरु वैचारिक कोरोनाको माहामारिमा सोत्राम्य भएर फगत आफु कहाँ परे , अनि कहाँ हराएँ , भनेर वैचारिक हिसाबले जिर्ण शरीर लिएर गुर्जोको लहरा पो औषधी हुन्छ कि भनेर धुइपत्ताल तितो भएनि गुर्जो औषधी हुन्छ भनेर खोजिरहेका छन् । त्यही लहरामा अल्झि रहेका छन् । तिमिले भनेजस्तो समाजवाद आउनेमा शंका छ । गणतन्त्र त आयो , राजतन्त्र गयो । तर दुबै हात्ती र हात्ती छाप चप्पल कुन बलियो भने झै जनता लाई गाउँ गाउँमा सिहंदरबारको स्वाद राम्रै संग चखाएका छन् । अनि हिजो २ छाक अघाउन्जेल ढिडो खान नपाउनेहरु राम्रै सँग मोटाएका छन् । सधै झै यो पटक जसरि भएनि ब्यक्तिगत रुपमा सम्झने तिम्रो परिवारले सम्झन सकेन माफ गर । तर सदैब सिन्घुलिका जनता अनि तिम्रो परिवारले कहिल्यै पनि बिर्सिएको छैन । आजको दिन तिमी संगै उच्च शाहादात प्रप्तगर्ने आदर्णिय दाइ मोहनचन्द्र गौतम लगायत सिरहा जिल्लाको धन्छवारमा उच्च सहादत प्राप्त गर्ने ६ जना महान सहिदहरु प्रति पु:न भावपुर्ण श्रद्धाञ्जली ।