शेरमान हत्याको १६ वर्षः नेकपा सिन्धुलीले संझियो

महान शहिद शेरमानका साथ श्रीमती निरु । फाइल फोटो

आज जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजनागरी संझेको छ । नेकपा सिन्धुलीले पार्टी कार्यालयमा आयोजना गरेको १६ औं विशाल कुमार स्मृति दिवश जिल्ला सह इन्चार्ज कमल जंग राईको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष राजन दाहालको अध्यक्षता एवम् पार्टी सचिव प्रदीप कटुवालको सञ्चालनमा सम्पन्न भएको थियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी) लोकप्रीय नेता शेरमान कुँवरसहित तीनजनालाई हत्या गरेको आज १६ वर्ष पुरा भइ १७ वर्ष लागेको छ । सिरहाको धन्छवारमा तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर हत्यागरी धानवारीको बीचमा रहेको पुर्नी पोखरीको डिलमा लगेर हत्या गरेको थियो ।


उनै नेता कुँवर, मोहनचन्द्र गौतमलगायत तीन जनालाई खाना खाएर खाटमा बसिरहेका बेला हतियारसहित आएका सेनाले नियन्त्रणमा लिएको थियो । यसै सन्दर्भमा नेकपा सिन्धुलीले आज पार्टी कार्यालयमा स्मृति दिवश मनाउँदै छ ।

Image may contain: 6 people, people sitting, people standing and indoor

Image may contain: 2 people, people sitting, crowd and outdoor


त्यस बेला माओवादीका सिरहा सेक्रेटरी सिन्धुलीकै नेता थिए भने सगरमाथा व्यूरो इन्चार्ज पनि सिन्धुलीकै थिए । माओवादी वृत्तभित्र कुँवरलगायत हत्याका लागि सुचना दिने व्यक्ति माओवादीकै नेता भएको चर्चा चलेको थियो । त्यस विषयमा नत पार्टीले छानीवन गर्यो नत उक्त गैर न्यायिक हत्याको विषयमा बलियोसँग आवाजनैं उठायो ।