पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ जना पुग्यो

गत २४ घण्टामा नेपालमा थप ६ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

देशभरमा हालसम्म कुल २५७ जनाले संक्रमणबाट ज्यान गुमाइसेका छन्। गत एक दिनमा निधन हुनेहरु चार जना महिला र दुई जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका ४० र भक्तपुरकी पनि ४० वर्षिय महिलाहरुको मृत्यु भएको हो । यसका साथै तनहुँकी ९२ वर्षकी एक वृद्धा र रुपन्देहीकी ७७ वर्षिय वृद्धाको पनि ज्यान गएको छ ।

त्यस्तै सिन्धुपाल्चोकका एक ७७ वर्षका वृद्ध र रुपन्देहीका ६५ वर्षिय एक पुरुषको पनि संक्रमित भई निधन भएको छ ।