कमलामाई नगरपालिकामा जारी लकडाउनको अन्त्य, स्वास्थ्य मापदण्ड उलंघन गरे दण्डनीय: नगरप्रमुख खत्री

कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज मध्य रातीदेखी नगरक्षेत्रमा लगाइएको लकडाउनको अन्त्य गर्दे जनजीवन सामान्य बनाएको घोषणा गरेकाछन् । नगरवासीलाई सम्वोधन भन्दै जारी गरिएको पत्रमा लकडाउन कोरोना रोकथामको उचुक उपाय नभएको र त्यसले नागरिकका हरेक गतिविधीमा नराम्ररी असर पुगेको उल्लेखगर्दे यसलाई लामो समयसम्म गरिरहनु उचित नहुने बताउनु भयो । उहाँले नगरवासीका नाममा जारी सम्वोधनमा भनिएको छः भोलिका दिनदेखी नगरक्षेत्रका सबै गतिविधीहरु सामान्य बनाउँदै लैजानु पर्ने बाध्यता हामीहरुसँग छ र यि बाध्यताहरु कोरोना भाइरस संक्रमण र ओसारपसारको कदापी सहयोगी बन्नु हुँदैन । यसका लागि नगरक्षेत्र भित्रका सम्पूर्ण गतिविधीमा भिडभाडपूर्ण उपस्थिति भने दण्डनीय हुनेछ । नागरिकहरुले घर बाहिरको गतिविधीमा पनि अनिवार्य रुपमा मास्क लगाउनैं पर्ने, व्यक्तिगत दुरी कायम गर्नेपर्ने र सरसफाईलाई ध्यान दिनैंपर्ने उल्लेख गरिएको छ ।

No photo description available.
No photo description available.