जर्मनीमा सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध विशाल प्रदर्शन

जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ।

बर्लिनमा भएको प्रदर्शनमा सहभागी मध्यै ३०० जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रहरीमाथि ढुंगा तथा बोटहरु प्रहार गर्ने एकै र्‍यालीका २०० जना लाई प्रहरीले पक्राउ गरेको हो । अरुलाई विभिन्न स्थानका र्‍यालीबाट पक्रेको हो । कोरोना भाइरस मात्रै भ्रम रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउन नहुने माग उनीहरुको छ।

जर्मनी मात्रै नभएर युरोपका अरु शहरहरुमा पनि कोरोना भाइरसविरुद्ध प्रदर्शन भएको छ। लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको प्रतिबन्धध विरुद्ध प्रदर्शन भएको हो ।