न आत्तिनुस्, सिन्धुली अस्पतालमा पर्याप्त औषधीहरु छन्ः अध्यक्ष पोखरेल

सिन्धुली जिल्लामा उपचारका लागि आउने अन्य नियमित विरामीहरुका लागि आवश्यक पर्ने कुनै पनि औषधीहरुमा कमी नभएको बताउनुभएको छ ।
अस्पतालमा औषधी अभाव जस्ता गलत हल्ला चलाइएको भन्दै अध्यक्ष पोखरेलले प्रदेशखबरसँगको कुराकानीमा भन्नुभयो– केही गलत मानिसकता बोकेका व्यक्तिहरुले बाहिर अस्पतालमा औषधीनैं छैन भनेर हल्ला चलाएका छन्, वास्तवमा ती सबै हल्लाहरु निराधार र गलतछन् ।
हामीले अस्पतालमा उपचारका लागि आउने विरामी र इन्सुरेन्सका विरामीहरुलाई दिइने निःशुल्क औषधीहरु दिइरहेका छौं र त्यो हाम्रो स्टोरमा पर्याप्त र मौज्दात पनि छ । हामीले, विरामीहरुलाई औषधी कमि हुन दिएका छैनौं, उहाँले अगाडि भन्नुभयो ।
औषधी अभावछ, भनेर हल्ला फिजाउँदै विरामीहरुलाई अन्यत्र जाने वातावरण सिर्जन ागर्न त्यस प्रकारको हल्ला फिंजाइएको हुन सक्ने उहाँले आशंका गर्नुभयो । सिन्धुलीमा कोरोना संक्रमणका विरामीहरु बढेसँगै थप त्रास सिर्जना भएका बेला अध्यक्ष पोखरेलले सबै सिन्धुलीवासीलाई लकडाउनको पूर्ण पालना गरेर जीवन रक्षका लागि लाग्न आग्रह गर्नुभयो ।