सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनका लागि गोलन्जोर गाउँपालिकाले ५ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको वर्षे अधिवेशन २०७७ र ०७८ को पहिलो बैठकलाई सम्वोधनगर्दै अध्यक्ष पुष्प कार्कीले सिन्धुली सदरमुकामा निर्माणाधिन आइसोलेसनलाई अझ व्यवस्थित बनाउनका लागि उक्त रकम उपलव्ध गराउने निर्णय गरेको हो । बैठकलाई सम्वोधनगर्दै अध्यक्ष कार्कीले सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढेको र राजमार्ग भएकै कारण गोलन्जोर गाउँपालिका पनि उच्च जोखिममा रहेका अबस्थामा कोरोना रोकथामका लागि आवश्यक परे थप सहयोग गर्न गाउँपालिका तयार रहेको घोषणा गर्नुभएको थियो । उहाँले कार्यपालिका सदस्यहरुलाई कोरोना रोकथाम नियन्त्रणका लागि सकारात्मक भूमिका निर्वाह गर्न र लकडाउनको पूर्ण पालना गराउनका लागि अग्रसर हुन अपील समेत गर्नुभएको छ ।
स्मरणीय छ, सिन्धुलीमा निर्माणाधिन आइसोलेसन, प्रदेश सरकार र सिन्धुलीका सबै स्थानीय तहको सहयोगमा निर्माण भइरहेको छ । आइसोलेसन निर्माणका लागि रकम सहयोग गर्ने गोलन्जोर दोस्रो स्थानीय निकाय हो । यस अगाडि कमलामाई नगरपालिकाले ३ लाख नगद सहयोग गरेको थियो । -अशोक ठकुरी, ग्वाल्टार