सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माणधीन ५० बेडको आइसोलेसन निमार्णको लागि कमलामाई नगरपालिकाले प्रतिबद्धता गरेको रकम आज हस्तान्तरण गरेको छ ।
नगरपालिकाकाले आइसोलेसन निर्माण उपभोक्ता समितीलाई प्रतिबद्धता बोमोजिमको तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
आइतबार उपभोक्ता समितीका अध्यक्ष अशोक श्रेष्ठ, सचिव उद्धव प्रसाद दाहाल र कोषाध्यक्ष मेनुका तिमल्सिनालाई कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले हस्तान्तरण गरेका हुन् ।
साथै कामलामाई नगरपालिकाले भवन निर्माणको इस्टमेट , प्राबिधिक सहयोग ,जेसिभी ,ड्रम ट्रक ,पानी सप्लाइको लागि ट्याङ्कर , ठेलागाढा लगायतका साधनहरु भवन निर्माण अबधिभर सहयोग गर्ने र आबश्यक परे थप सहयोग गर्ने नगरप्रमुख खत्रीले सो अबसरमा प्रतिबद्धता जनाए ।

उक्त आइसोलेसन निर्माणको लागि बाग्मती प्रदेश सरकारले ९७ लाख रुपैयाँ सहायोग गरेको छ । त्यसैगरी बिभिन्न गाउकापालिका नगरपालिकाहरुको पनि सहयोग आउने क्रम जारी रहेको छ । सो आइसोलेसन उपभोक्ता समिति मार्फत विभिन्न ठेकेदारले निर्माण गरिरहेका छन् ।