नेपालको भेन्टिलेटरमा ६ जना कोरोना संक्रमित , ११३ जना आइसियुमा

देशभर रहेका कोरोना संक्रमितहरुमध्ये ११३ जनाको आइसियूमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले देशभर ११३ जना संक्रमितहरुको आइसियुमा उपचार भइरहेको जानकारी गराएको हो।

स्वास्थ्‍य मन्त्रालयका अनुसार प्रदेश-१ मा एक जना, प्रदेश-२ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा ११ जनाको आइसियुमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भेन्टिलेटरमा रहेका कोरोना संक्रमितहरुको संख्या ६ रहेको जानकारी पनि गराएका छन्। तीमध्‍ये सबै बागमती प्रदेशको रहेको जानकारी पनि प्रवक्ता डा. गौतमले गराएका छन्।