आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

देशभर सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका २४, सल्यानका १, बाराका ५९, पर्साका ७५, सप्तरीका १, मोरङका ४०, धनुषाका ३, झापाका ८, सुनसरीका ३१, डढेलधुराका १ जना रहेका छन्।

यस्तै काभ्रेका ४, महोत्तरीका १, दैलेखका १, जुम्लाका ३, रुपन्देहीका ४३, कपिलवस्तुका २, सर्लाहीका १७, सिन्धुपाल्चोकका ५,सुर्खेतका १, तनहुँका १, अर्घाखाँचीका १, प्युठानका २८ जना रहेका छन्।

त्यसैगरी कास्कीका १४, नवलपरासीका २, स्याङजाका ४, दाङका २, कैलालीका १६, कञ्चनपुरका १२, धादिङका ३, तनहुँका १, नुवाकोटका १, मकवानपुरका ४, चितवनका १, महोत्तरीका १, पर्साका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्‍य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ।