सिन्धुली जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शब कमलामाई नगरपालिका–९ स्थित चुरे र कार्की खोला बीचको क्षेत्रमा शब व्यवस्थापन गरिने भएको छ ।

जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, पार्टी प्रतिनिधिहरु र संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा आईतबार निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाको अध्यक्षतामा बसेको जिल्ला विपद् समितिको बैठकले कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको प्रस्तावमा यस्तो निर्णय गरेको हो ।

शव व्यवस्थापनमा अन्य जिल्लाहरुमा स मस्या देखिएपछि सिन्धुलीमा पूर्वतयारी स्वरुप स्थान छनौट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

उक्त बैठकले थप ५० शथ्याको आ ईसोलेसन भवन निर्माण गर्न स्थान छनौट, भवन निर्माणका लागि जिल्ला रेशक्रस शाखा सभापति असोक श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन, क्वारेन्टाईन तथा आईसोलेसनमा बसेका व्यक्तिहरुको खाना, खाजा र पानी खर्च स्थानीय तहले आ–आफ्नो गाँउ तथा नगरपालिकाले व्यहोर्ने, स्थानीय तहले विद्यालयबाट क्वारेन्टाईन हटाई अन्यत्र व्यवस्थापन गर्नु पर्ने निर्णय गरेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।