लामो सन्नाटापछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल सरकारात्मक भएको दाबी गरिएको छ।
प्रधानमन्त्री निवास बालुवटारमा दुई अध्यक्ष र नेताहरु विष्णु पौडेल, शंखर पोखरेल तथा जनार्दन शर्माबीच भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतको दाबी छ। अध्यक्षद्धयको छलफलले शुक्रबार पनि निरन्तता पाउने बताइएको छ।
गएको हप्ताको मंगलबार ९साउन २० गते० प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो।
साउन २० गतेको भेटमा ठोस सहमति नभए पनि भोलिपल्ट भेट्ने गरी छुट्टिएका ओली र प्रचण्डबिच यो बिचमा टेलिफोनमा समेत संवाद हुन सकेको थिएन ।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पत्रकार भेला गरेर ओलीविरुद्ध खनिएपछि साउन २१ गते हुने भनिएको छलफल भाँडिएको थियो ।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि झण्डै दुई महिनादेखि नेकपा आन्तरिक किचलोमा फसेको छ। विवाद बढ्दै जाँदा साउन १३ गते अध्यक्ष ओलीले एक पक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपछि विवाद झन् बढेको छ।
ओली–प्रचण्डबिच संवाद हिनताको अवस्था रहेका बेला नेकपाका दोस्रो तहका नेताहरु भने पार्टी भित्रको आन्तरिक कलह अन्त्य गर्ने प्रयासमा जुटेका छन्।
प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पाँच दिन भित्र पार्टी भित्रको ‘सिनारियो’ परिवर्तन हुने दाबी गरेका छन्।
ओलीसँगको छलफलपछि दाहाल नेपाल पक्षले बिहीबार पनि छलफल गरेका छन्।