सिन्धुलीमा आज थप दुई जनामा को रोना सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मलेलनका क्रममा सिन्धुलीमा २ जनामा संक्रमण देखिएको बताएको हो ।
आज संक्रमित भएका भनिएका सुनकोशी गाउँपालिका ३ कोटगाउँका शिक्षक रहेको बताईएको छ । उनलाई सिन्धुली अस्पताल ल्याईदै गरिएको थाहा लागेको छ ।
सुनकोशी गाउँपालिकाले बैकल्पिक माध्यमबाट विद्यालय कक्षा सञ्चालन तयारी गरेपछि शिक्षकहरु गाउँपालिकामा केन्द्रित भएका थिए । कोरोना पो जेटिभ भएका शिक्षक सिरहाबाट नौ दिनअघि आएका थिए ।
सुनकोशी गाउँपालिकाबाट ४४ जनाको नमूना संकलन गरी परीक्षणका लागि धुलिखेल पठाइएकोमा एकजना शिक्षकको पोजेटिभ पाइएको थियो ।
शिक्षक बसेको होटल सील गरिनुका साथै होटलमा सम्पर्कमा आएकाहरुको ट्रयाकिङ भइसकेको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा दाहालले जानकारी दिनुभयो । यता स्वास्थ्य मन्त्रालयले भनेका अर्का व्यक्तिको भने यो समाचार तयार पार्दासम्म बिबरण पत्ता लागेको छैन ।