पेशा र व्यवसायमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर गराउन सरकारको आग्रह

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

पालमा पछिल्लो समय कोरोना भाइरसकाे संक्रमण बढ्दै गएको भन्दै सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न उर्दी जारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम धेरै हुने हुँदा अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएकाे हाे।

‘नेपालका घना बस्ती भएका जिल्लाहरुमा विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ।

त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले  आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने गर्नु गराउनु हुन अनुराेध गरिन्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।