प्रहरी हिरासतमा रहेका कैलालीको फुलवारीका एक जनाको मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय फूलवारीको हिरासतमा रहेका धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फूलबारी(सी) गाउँँका अमरबहादुर चन्दको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले ईलाका प्रहरी कार्यालय फुलवारीको हिरासतमा रहेका चन्द शौचालयमा घाईते अवस्थामा भेटिएको र उपचारका लागि सेती अस्पताल पुगाएपछि मृत्यु भएको बताए।
उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए। मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे प्रहरी चौकी फुलबारीले उनलार्ई नियन्त्रणमा लिएको थियो।
त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय फुलबारीको थुनुवा कक्षमा राखेको बताइएको छ। चन्दको शव भने पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।