आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ ।
३० वर्षीय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा यो दिनलाई नेपाली काङ्ग्रेस, नेकपा लगायतका दलहरुले स्मरण गर्दछन । बिक्रम सम्बत २०४६ सालमा राजनीतिक दलहरुको प्रदर्शन चर्किएपछि तत्कालिन राजा वीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्थाको घोषणा गरेका थिए ।
त्यसैले चैत २६ लाई बहुदलीय व्यवस्था स्थापना भएको दिवसको रुपमा सम्झना गर्ने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणा मार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा पनि सात दलले चैत २६ गतेदेखि नै निर्णायक आन्दोलन सुरुवात गरेका थिए ।