भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ।
भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार एक कार्यक्रममा बुद्ध महान भारतीय रहेको बताएका थिए।
भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको स्पष्ट पारेको छ।
‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।











