बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एसजीपीजीआईएमएस० मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो । यद्यपि, डाक्टरलाई विश्वास गर्ने हो भने उनको कोरोनाभाइरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा नेगेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।
केही दिन अघिको कुराकानीमा एसजीपीजीखनईएमएसका निर्देशक डा। आरके धीमानले भनेका थिए, ‘कनिकाको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी खाना पनि समयमा नै खाइरहेकी छिन् ।’