कोरोना कहर: सलमान समक्ष पुग्यो १६ हजार ज्यालादारी मजदुरको विवरण, पैसा पठाउन सुरु

सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन गर्ने बताएका थिए ।

भारतीय मिडियाका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजले १९ हजार श्रमिकको खाता विवरण प्राप्त गर्यो । तीमध्ये केही श्रमिकले स्वेच्छाले आफ्नो आर्थिक स्थिती महामारीसँग जुध्नका लागि स्थिर भएको बताउँदै एफडब्ल्यूआईसीईसँग पैसाको आवश्यकता पर्नेहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

एफडब्ल्यूआइसीईका महासचिव अशोक दुबेले सदस्य कर्मचारीको यो कदमको तारिफ गर्दै र यसबारे पुष्टि गर्दै भने, ‘सलमान खानले २५ हजार कर्मचारीको विवरण माग गरेका थिए । हामीले १९ हजार सदस्य कार्यकर्ताको विवरण प्राप्त गर्यौं । जसमध्ये ३ हजार कामदारले पहिले नै यशराज फिल्म्सबाट ५ हजार भारु पाइसकेका थिए । त्यसकारण हामीले बाँकी भएका १६ हजार श्रमिकको विवरण सलमान खानलाई पठाएका छौं र उनले पैसा पठाउन सुरु गरिसकेका छन् । चाँडै नै सबैले पैसा पाउनेछन् ।’एजेन्सीको सहयोगमा तयार पारिएको हो ।