स्थायी समिति बैठक बस्नु अगाडि नेकपाका बरिष्ठ नेता माधव नेपालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीललाई भेट गरेर मात्रै स्थायी समिति बैठक बस्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाएपनि उनी एक्लै गएर भेट गर्न नमानेको समाचार स्रोतले बताएको छ ।
नेपालको आग्रहलाई अस्वीकारगर्दै प्रचण्डले भनेका थिएः ‘ओलीले छलफलका लागि बोलाउँदा उहाँ(प्रचण्ड)ले मेरो कुरा त्यही हो तपाईँको कुरा पनि त्यही हो, यसमा समाधानको विकल्प भए छलफल गर्ने हो यथास्थितिमा आ–आफ्नो अडानकै लागि भेट्नुपर्छ जस्तो लाग्दैन भनेर जवाफ दिनुभएको छ।’ नेकपाभित्रको संकट समाधानका लागि अध्यक्ष ओली र दाहालबीच हुँदै आएको प्रत्यक्ष संवादमा पछिल्लो केही दिनदेखि बिराम लागेको छ।
समाचार स्रोत अगाडि भन्छः अध्यक्ष प्रचण्ड नेता नेपालको दबाबै कारण बैठक अगाडि प्रचण्डलाई भेट्न गएका थिए । तर प्रचण्डले माधव नेपाललाई साथै लिएर गएको थाहा लागेको छ ।
स्रोत अगाडि भन्छः प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले विवाद समाधानका लागि प्रचण्डलाई बसेर छलफल गरौँ भनी बोलाए पनि दाहालले उक्त प्रस्ताव पछिल्ला तीन दिन यता अस्वीकार गरेको श्रोतले बतायो।
गएको शुक्रबार ओली दाहालबीच दुई घण्टा छलफल भए पनि त्यसपछि संवाद हुन सकेको छैन।











