पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेता कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको हो।

जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ। पार्टीको अनुशासन विपरित काम गरेको भन्दै उनीहरुलाई निष्कासित गरिएको हो।

उनीहरु तीनै जनालाई स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो।

तर उनीहरुको दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीबाट निष्कासित गरिएको हो।