कोरोना कहर: हुम्लामा विप्लव नेतृत्वको नेकपाद्वारा पार्टीका सबै गतिविधि स्थगित

सिमकोट: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हुम्ला जिल्लामा संचालन भइरहेका पार्टीका सबै गतिविधि तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ।

उक्त पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको जिटिल परिस्थिति कारण आफ्ना सबै गतिविधि हाललाई बन्द गरिएको जनाएको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पार्टीको जिल्ला संगठनको दुई दिनसम्म सञ्चालन भएको बैठकले अहिले कोरोना संक्रमणबाट नेपाल पनि अछुतो नरहेको अवस्थालाई मध्यनजर गर्दै पार्टी संगठनले गर्दै आएका सबै खाले गतिविधिहरु हाललाई बन्द गरिएको पार्टीद्वारा जारी गरिएको उल्लेख गरिएको छ।

अहिलेको समस्याको समाधान नहुन्जेलसम्मका लागि पार्टीका गतिविधिहरु बन्द रहने र कहिलेबाट उक्त गतिविधिहरु संचालन गर्ने भन्ने कुरा पार्टी संगठनको अर्को बैठकले तय गर्ने उल्लेख गरिएको छ।

आआफ्नो क्षेत्रमा कोरोनाबाट बच्न उपा