मलेसियाबाट आएका अभिजंग सुनकोशीमा वेपत्ता

सुनकोसी नदीमा हामफालेर एक युवा वेपत्ता भएका छन् । होल्डिङ सेन्टरबाट मानिस लिएर झापा जाँदै गरेको बसमा सवार एक युवाले सिन्धुलीमा पर्ने सुनकोसी नदीमा हामफाली वेपक्ता भएका हुन् ।

यहाँको सुनकोसि गाउँपालिका ७ कानढुङग्री स्थित बि.पि.राजमार्गमा ५ मिनेट बस रोकिदा बसमा सवार युवा सुनकोसी नदीमा हामफाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
वेपत्ता हुनेमा संखुवासभा धर्मदेबि ८ बस्ने बर्ष २८ का अभिजंग सोम्याङ सोमिदावा रहेको उहाँले जानकारी दिनुभयो । उहाँको खोजि कार्य भै रहेको प्रहरीले जनाएको छ ।
बा.३.ख.८०८८ न.को.बस होल्डिङ सेन्टर भक्तपुरबाट मानिस लिई झापा तर्फ जाने  क्रममा गाडिमा सवार मलेसियाबाट आएका अभिजंगले शरिरको लुगा फुकाली नदीमा हामपालि वेपत्ता भएको र खोजी कार्या जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।