मरिण खोलामा एक पुरुषको शव फेला

मरिण खोलामा आज एक पुरुषको शव फेला परेको छ । मरिण गाउँपालीका ३ मथौलीमा मरिण खोलाको विचमा ढुङगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

मृतकको साथमा महोत्तरी जिल्ला खयरमारा ६ जीतबहादुर वि.क लेखिएको नागरिकता भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । अन्दाजी ४० बर्षिय पुरुषको शवको प्रकृती हेर्दा खोलाले वगाई ल्याएको जस्तो देखिएको उहाँले जानकारी दिनुभयो ।